२०७७ मङ्सिर १७ गते बुधवार

ढिस्कोले पुर्दा २ महिलाको मृत्यु, २ घाइते

दाङ, कात्तिक ८ । जाजरकोट जिल्लामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा दूई जनाको मृत्यु भएको छ भने थप दूई महिला घाईते भएका छन् ।जिल्लाको छेडागाड नगरपालिका वडा नं. ३ दशेरा चुवा निवासी ३० बर्षीया सितला जैसी र १७ बर्षीया आरती दाहालको मृत्यु भएको छ ।

उनीहरुको उपचारका क्रममा दशेरा प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी कुमार श्रेष्ठले जानकारी दिए ।

घाइते जैसीको विहान ११ बजे पछि र दाहालको दिउँसो साढे १२ बजेरित मृत्यु भएको श्रेष्ठले बताए । शनिवार विहान साढे ८ बजेरित दशेरामा घर लिप्ने माटो खन्न खड्डामा पसेका मध्य सोही ठाउँकी २४ बर्षीया सरिता जैसी र छेडागाड नगरपालिका वडा नं. ४ की ५१ बर्षीया धनसरा चदरा घाइते भएका छन् ।

घाइते दुबै जनालाई थप उपचारका लागि दिउँसो नेपाली सेनाको हेलिकोप्टर बाट सुर्खेत लगिएको छ । प्रहरी स्रोतका अनुसार ती दुबै घाइते खतरा मुक्त छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *