२०८१ चैत्र ३ गते आइतवार

कपुरकोटमा १ सय ५ लिटर घरेलु मदिरा नष्ट


कपुरकोट,कार्तिक ५ ।प्रहरीले कपुरकोट बजार क्षेत्रबाट घरेलु मदिरा संकलन गरि नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ होटेलहरुवाट बरामद गरि नष्ट गरेको हो । बजारका विभिन्न होटलमा विक्रिका लागि लुकाई राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ १ सय ८५ लिटर र मदिरा बनाउने भाँडा ३ सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इञ्चार्ज सई जनकबहादुर भण्डारीले बताए ।

पहिलो पटकलाई सचेत गराएर छाडिएको र भविस्यमा फेरि फेला परे कारबाही गर्ने चेतावनी दिइएको भण्डारीले जानकारी दिए । बरामद मदिरा कपुरकोट ३ स्थित डम्पिङ साईडमा लगेर बुधवार नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानले घरेलु मदिरा नियन्त्रण तथा नष्ट अभियान सञ्चालन गरेको छ ।

घरेलु मदिराका कारण दशैँ तिहारको समयमा समाजमा हिंसात्मक घटना हुनसक्ने भएकाले त्यो नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *