तुलसीपुर, कात्तिक ४ । तुलसीपुरकी संक्रमित एकजना स्वयंम सेविकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की स्वएंम सेविका निलम वैश्यलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले १० हजार नगद सहयोग प्रदान गरेको हो ।
कोभिड वाट प्रभावित महिला स्वास्थ्य स्वयंसेवाकाको परिवारलाई वाल संरक्षण सहयोग स्वरुप कोभिड संक्रमित २ जना वच्चालाई माया शर्मा तथा रेडक्रस सभापति नारायण आचार्यले ५÷५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको हो ।
कोरोना प्रभावित बैश्यका आफ्नै २ वटा बच्चा र उनकै परिवारका अन्य थप २ बच्चा गरि ४ बालबालिकालाई संक्रमन पुष्टि भएको थियो । आर्थिक अवस्था कमजोर भएको बैश्य परिवारको सहयोगको लागि उक्त रकम सहयोग गरिएको हो ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार