२०८३ जेष्ठ २७ गते बुधवार

स्वर्गीय वडाध्यक्ष न्यौपानेको निधनमा शोक सभा


तुलसीपुर, कात्तिक ४ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष स्वर्गीय डम्बरबहादुर न्यौपानेको निधन प्रति शोकसभा गरिएको छ । उपमहानगरपालिकाले १२ औं दिनका दिन शोक सभा गरेको हो । शोध सभालाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले स्वर्गीय न्यौपाने एक परिपक्व, अनुभवि र जनप्रिय जनप्रतिनिधि भएको टिप्पणी गरे ।

‘उहाँबाट हामीले धेरै कुरा सिकेका छौं, जनताप्रतिको उहाँको जवाफदेहीतालाई हामीले अनुकरण गर्नेछा,ै’ पाण्डेले भने । उनले जनतालाई केन्द्रमा राखेर काम गर्ने जनप्रतिनिधिलाई सबैले सम्झने उल्लेख गरे । भने ‘मृत्य निश्चित छ । ढिलो चाँडो मात्रै हो । त्यसैले एकबारको जीवनमा सबैले नमुना काम गर्न तर्फ लाग्नु पर्छ ।’

उपप्रमुख माया शर्माले न्यौपाने विकाश प्रति सदैव संवेदनशिल रहेको आफुले पाएको बताइन । ‘काम गर्ने क्रममा उहाँ संगको हाम्रो सहकार्य निकै राम्रोसँग मिलेको थियो,’शर्माले भनिन् । वडा सदस्य विनोद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक विकास समितिका संयोजक कुमार लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *