२०८३ जेष्ठ २७ गते बुधवार

अपाङ्ग र अशक्तलाई नगद तथा खाद्यान्न सहयोग


तुलसीपुर, कार्तिक ३ । लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरले सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाई सहयोग प्रदान गरेका छन् । न्यानो कपडा, चामल, नुन, दाल, तेल, आटा सहयोग प्रदान गरिएको छ । त्यस्तै स्कूले बालबालिकाका लागि स्टेशनरी सामान प्दान गरिएको छ । तुलसीपुर – १९ की शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाई १५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ ।

वाथ रोगका कारण एउटा खुट्टा गुमाउन बाध्य बुढालाई दैनिक गुजारा चलाउन केही सहयोग पुगोस भन्ने उदेश्यले नगद सहयोग गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिए । काठमाडौंका विभिन्न अस्पतालमा उपचारगर्दा बुढाको परीवारले भन्mडै १५ लाख रुपैंया खर्च गरेको थियो । गीता तुलसीपुर उद्योग वाणिज्यसंघकी सदस्य पनि हुन ।

त्यस्तै तुलसीपुर ४ रक्षाचौरमा अस्थायी बसोबासगर्दै आएका दृष्टिविहिनका परीवारलाई पनि नगद ५ हजारसहित दालचामल, आटा नुन, तेल लगायतका सामाग्री प्रदान गरिएको छ । रुपा गन्धर्वको परीवार विगत ७ बर्षदेखि त्यहाँ बसोबास गर्दै आएको छ । त्यसैगरी लायन्स क्लव अफ दाङले तुलसीपुर ६ गोलौराका क्यानसर पीडित गोर्बधन वलीलाई १० हजार रुपैंया हार्थिक सहयोग गरेको छ । पीडित वलीको उपचारमा सहयोग पुगोस भनेर तुलसीपुरका युवा व्यवसायी हेमन्त डाँगी र पुर्णिमा डाँगीले १० हजार ५ सय रुपैया सहयोग गरेका छन् ।

त्यस्तै विजौरीमा रहेको असहाय वालविकाश केन्द्रका वालवालिकालाई पनि स्टेशनरी सामाग्रीका साथै दाल चामल, नुन, आटा लगाएका खाद्य सामाग्री सहयोग प्रदान गरिएको छ । केन्द्रमा हाल १७ जना अभिभावक विहिन वालवालिका बस्दै आएका छन् । ती बालबालिकालाई पव्लिक ज्ञानज्योतिले निशुल्क पढाउँदै आएको केन्द्रका सञ्चालक विष्णु चौधरीले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, पूर्व अध्यक्ष यज्ञवहादुर केसी लगाएत सहयोग लगेर ठाउँ ठाउँमा पुगेका थिए । चाड पर्वको समयमा गरिएको सहयोगले सहयोग पाउनेहरु खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *