२०८३ जेष्ठ २३ गते शनिवार

घोराहीमा चितुवाको छालासहित एक पक्राउ

तुलसीपुर,कात्तिक २ । चितुवाको छालासहित घोराहीबाट एक जना पक्राउ परेका छन् । दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ५० बर्षीय इन्द्रबहादुर घर्ती चितुवाको छालासहित पक्राउ परेका हुन ।

घर्तीले आफ्नै घर भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको अवस्थामा उक्त छाला बरामद भएको प्रहरीले बताएको छ । घर्तीले असोज ३० गते राति घोराही १५ को तरापुञ्ज टोलमा चितुवाको छालाको कारोवारो गरिरहेको सूचनाको आधारमा प्रहरी उनको घरसम्म पुगेको थियो ।

बरामद छाला टाउको बंगारासहित छ । छालाको लम्वाई ७ फिट ८ इञ्च रहेको प्रहरीले जानकारी दिएको छ ।
आवश्यक कानुनी कारवाहीका लागि घर्तीलाई जिल्ला वन कार्यालय दाङमा बुझाइएको डिएसपी खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *