काठमाण्डौ,साउन २७ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ ।
सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो ।
लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ ।
चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार