तुलसीपुर, साउन २४ । तुलसीपुर उपमहानगरपालिकाले उदेश्य स्पष्ट नहुँदा सम्म जो कोहीलाई विषादी नबेच्न आग्रह गरेको छ । तुलसीपुर क्षेत्रमा विष सेवन गरेर आत्महत्या गर्नेहरुको संख्या वढेको भन्दै उपमहानगरपालिकाले यहाँका एग्रोभेटहरुलाई उदेश्य स्पष्ट भएपछि मात्रै विषादी बेच्न आग्रह गरेको हो ।
एग्रोभेट सेन्टरबाट विषयुक्त औषधि जथाभावी विक्री हुने गरेको गुनासो आएको हुँदा तत्काल रोक्न उस्ले आग्रह पनि गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले विषादीयुक्त औषधि विक्री वितरणको तथ्यांक समेत सप्ताहव्यापी रुपमा नगरपालिकामा पेश गर्न निर्देशन दिएका छन् ।
वजार क्षेत्रका सबै पसलका बारेमा जानकारी लिनका लागि नगरप्रमुख पाण्डेले कृषि विकास शाखालाई निर्देशन दिएका छन् । औषधिको प्रयोजन र विक्रीका बारेमा सबै पसलहरुले अनिवार्य जानकारी दिनुपर्ने नगरप्रमुख पाण्डेले निर्देशन दिएका छन् ।