२०८१ चैत्र १३ गते बुधवार

डाँगीको निधन प्रति नगर प्रमुख द्धारा दुःख व्यक्त

घोराही, १२ मंसिर। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही १७ गुलरिया स्थित जलाशयमा डुबेर घोराही १५ का लक्ष्मण डिसीको निधन भएको प्रति दुःख व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले बुधबार शोक बिज्ञप्ती जारी गरी १८ बर्षिय डाँगीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

लक्ष्मणको अकल्पनीय र असामयिक निधनप्रति श्रद्धाञ्जली र उहाँको निधनबाट बिछिप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु उहाँले शोक बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ । दुःखको यस घडिमा लक्ष्मण डाँगीका बुवाआमा तथा परिवारमा पीडालाई सहने धैर्यता प्राप्त गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु । नगर प्रमुख चौधरीले जलाशयहरुलाई सुरक्षित बनाउन आबस्यक पूर्बाधारहरु निर्माण गर्ने र नागरिकहरुलाई सचेतनाका लागि वोर्डहरु राख्ने बिषयमा विषेश ध्यान दिने बताउनुभएको छ । साथै बिपद्को समयमा आबस्यक स्रोत साधन र दक्ष जनशक्ति उत्पादन तर्फ स्थानिय सरकार सचेत बनेको पनि बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ । शोक बिज्ञप्ती मार्फत मैले सबै महानुभाबहरुलाई यी जलाशयहरुमा नुहाउन, पौडिखेल्न, कपडा धुनका लागि नपस्न र प्रयोग नगर्न अपिल गर्दछु भन्नुभएको छ ।

जलाशयहरुलाई सुरक्षित बनाउन र सचेतना बोडहरुलाई थप व्यवस्थित गर्न स्थानिय सरकारले तत्काल काम थाल्ने समेत जानकारी गराउदछु । साथै दिबंगत लक्ष्मणको खोजी कार्यमा सहभागि हुने प्रहरी प्रशासन, सुरक्षा निकाय, टोलबासी, अन्य नागरिक तथा जनप्रतिनिधी एवं कर्मचारीहरुलाई धन्याबाद दिनुभएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *