तुलसीपुर, जेठ १४ । अत्यावश्यक बाहेक तुलसीपुर क्षेत्रका अन्य पसलहरु पनि आलोपालो खोल्ने निर्णय भएको छ । तुलसीपुर उद्योग वाणिज्यसंघको बुधवार बसेको बैठकले सातामा दुई दिन फेन्सी, कस्मेटिक, प्लाष्टिक,भाँडा पशल, जुत्ता चप्पल पसल र कपडा पसल खोल्ने निर्णय गरेको छ । हप्ताको आइतवार र विहीवार तीन घन्टा मात्रै यी पसलहरु खोल्ने निर्णय गरिएको छ । विहान ६ बजेदेखि ९ बजेसम्म पसलहरु खुल्ने भएका छन् ।
यी पसलहरु खुल्ने दिनमा दैनिक उपभोग्य सामाग्री खाध्यान्न र किराना पशल भने बन्द रहने निर्णय गरिएको संघका अध्यक्ष वीरवहादुर रावतले जानकारी दिए ।बैठकले हार्डवेयर व्यवसायीहरुले भने पशल नखोलेरै गोदामबाट आवस्यक निर्माण सामाग्रीहरु बिक्रि वितरण गर्न पाउने यसअघि कै निर्णयलाई कायम राखेको छ ।
दुई महिना भन्दा लामो लकडाउनका कारण अन्य व्यवसायीहरु समेत आर्थिक मारमा परेको व्यापक गुनासो पछि उद्योग वाणिज्यसंघले स्थानीय पालिका र प्रहरी प्रशासनसंगको सम्वयमा अन्य पसलहरु पनि खोल्ने निर्णय भएको अध्यक्ष रावतले बताए । संघले लकडाउनलाई पालनागर्दै सामाजिक दुरी कायम राखेर आलोपालो खोल्न आग्रह गरेको छ ।