शरद रेग्मी
दाङ,मसिर ९ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले सचेतना अभियानको सुरुवात गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र ईप्रका तुलसीपुरले आईतबारदेखि सयुक्त रुपमा गोर्खा मावि बाट सचेतना अभियानको सुरुवात गरेको जानकारी दिएका छन् ।
लागू औषध बिरुद्धको सचेतना अभियानको सुरुवात गर्दै ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले समाजमा
शान्ति स्थापना गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए । लागु औषध प्रयोगबाट समाजमा फैलिने बिकृतिहरु रोक्न समुदाय र प्रहरीका बीचमा हातेमालो हुनुपर्ने उनको तर्क छ । समयमै सूचना दिएर प्रहरीलाई सघाउन उनको आग्रह छ ।
कार्यक्रममा सहभागी बिधार्थिलाई लागू औषध सेवनका नकारात्मक प्रभाव, त्यसवाट बच्ने उपाए र कानुनी कारवाहीका बारेमा जानकारी दिइएको थियो । त्यस्तै सामुदायिक सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरेले सहर केन्द्रित मात्रै नभएर यस्ता कार्यक्रम ग्रामिण तहसम्म लैजानु पर्ने बताइन ।