२०८३ मङ्सिर ४ गते बिहिवार

बनहरीका ५ बर्षे बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु

राप्ती नदी पूलमा मोटरसाइकल ठोक्किदा १९ बर्षीय युवकको मृत्यु

तुलसीपुर, मंसिर ३ ।


दाङमा भएका दुई छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परि एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका –४ बनहरीका ५ बर्षीय क्यान्सु घर्ती मगरको मोटरसाइीकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक गणेश घर्ती मगरका छोरा हुन ।


बुधबार बेलुकी साढे ६ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका – ६ का २२ बर्षीय रामप्रशाद बुढाले चलाएको रा ४ प ८७९९ नम्बरको मोटरसाइकलले पैदल यात्री बालकलाई बनहरीमा ठक्कर दिएको थियो ।
तत्काल उनलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती लाइफ कियर हस्पिटलमा पुर्‍याउँदा ७ बजेपछि चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए ।
त्यस्तै लमही – कोइलाबास सडक खण्ड अन्तर्गत बिहीबार बिहान साढे ४ बजेतिर रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती नदीको पुलमा ठोक्किदा गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार दुर्घटनाका गम्भीर घाइते सुनारलाई लमहीको प्रारम्भीक उपचार पछि थप उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई बिहान ६ बजेतिर मृत घोषणा गरेका थिए ।


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ घाइते छन् । उनीहरुको अवस्था सामान्ने रहेको तथा उपचार पछि घर फर्कि सकेको प्रहरीले जनाएको छ ।


मृतक सुनारको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *