
तुलसीपुर, मंसिर ३ ।
दाङको लमहीमा बस पल्टिदा १४ जना घाइते भएका छन् ।
घाइते मध्य अधिकाँस बर्दिया निवासी छन् भने केही बाँकेका पनि छन् ।
लुम्बिनीको भ्रमण पछि बाँकेको कोहलपुर तर्फ जाँदै गरेको बस लमहीमा बिहीबार बिहान सवा ८ बजेतिर पल्टिएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनीको भ्रमण सकेर बाँकेको कोहलपुर तर्फ फर्किदै गरेको बस दुर्घटनामा परि बाँके र बर्दियाका गरि १४ जना घाइते भएका छन् ।
दुर्घटनामा परि बाँके बैजनाथ गाउँपालिका– ५ जिगाउँकी २० बर्षीया पूर्णिमा थापा , २१ बर्षीया अनिषा सुनार घाइते भएका छन् ।
त्यस्तै बर्दियाको बासगढी नगरपालिका –३ का १९ बर्षीय जीवन सुनार , २० बर्षीय सन्दीप सुनार , १८ बर्षीया सन्ध्या सुनार, १८ बर्षीया निरुता सुनार, ११ बर्षीया प्रज्ञा सुनार, १६ बर्षीया आकृति सुनार, १९ बर्षीय हरिकृष्ण नेपाली, १६ बर्षीया मनिषा सुनार, १८ बर्षीया पूजा सुनार, दिपक सुनार , १६ बर्षीया पुष्पा सुनार र २२ बर्षीय करण सुनार रहेको दाङ प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँकेका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।
लमही नगरपालिका – ५ शिवखोला नजिकै बिहीबार बिहान कोहलपुर नगरपालिका – १४ हल्दापुरका २६ बर्षीय राजकुमार बिकले चलाएको भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भइ सडक किनारमै पल्टिएको थियो ।
चालक – सहचालकसहित ५३ जना सवार बसमा ३७ जनाको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।
