
दाङ, मंसिर १ ।
कुलोमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
यो घटना प्यूठानको हो ।
जिल्लाको मण्डबी गाउँपालिका –४ बुटेनीकी ५६ की लोकीदेबी सुनारको मण्डबी – १ दमारेस्थित पिप्लीखेत जाने कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि करिब ६०० मिटर दक्षिणको कुलोमो मंगलबार दिउँसो उनको शब फेला परेको थियो ।
मृतकका श्रीमान जगबहादुर सुनार श्रीमान रोजगारीको सिलशिलामा भारतमा रहेको प्रहरीले जनाएको छ । उनी घरमा छोरा बुहारी संग बस्दै आएकी थिइन । प्रहरीका अनुसार मृतकले मदिरा सेबन गर्दै हिडडुल गरि रहन्थिन ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार
