२०८३ मङ्सिर २ गते मङ्गलवार

९०० मिटर मुनी खस्यो अटो, ४ चार जनाको मृत्यु


दाङ, कात्तिक ३० ।

बझाङमा ६ जना सवार अटो ९०० मिटर मुनी खस्दा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुँगल नगरपालिका–१० की ४० वर्षीया राजमती महरा, ६ बर्षीया डल्ली महरा , ४ बर्षीय रियास महरा र १६ वर्षीया तारा महराको पनि मृत्यु भएको छ ।
जिल्लाका प्रहरी प्रमुख डिएसपी टेकबहादुर जोराका अनुसार अटोमा सवार मध्य १३ वर्षीय विक्रम महरा र अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातली भने सकुशल छन् । डिएसपी जोराका अनुसार अटोको ब्रेक नलागेपछि अगाडिको सिटमा बसेका बालक बिक्रमलाई समेत तानेर चालक पातलीले हाम फालेका थिए ।

तर, उनले पछाडि बसेका चार जनालाई भने जोगाउन सकेनन् । अटो संगै झन्डै ९०० मिटर मुनी खसेका चारै जनाको मृत्यु भएको अवस्थामा शब फेला परेको थियो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा छन् ।
सोमबार बिहान सवार १० बजेतिर को बुङ्गल नगरपालिका–१० टुमेडा गाउँबाट वडा नम्बर ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


अटोमा चालकसहित ६ जना सवार रहेको पनि प्रहरीले जनाएको छ । घटनास्थलमै चार जनाको शब फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *