२०७८ जेष्ठ ४ गते मङ्गलवार

तुलसीपुरमा ४ दिन पूर्ण रुपमा लकडाउन


तुलसीपुर, चैत २४ । तुलसीपुर क्षेत्रमा हप्तामा चार दिन पूर्ण रुपमा गर्न थालिएको छ । सरकारले साँझ र विहान अत्यावश्यक उपभोग्य बस्तु किनमिलेका लागि केही समय छुट्याएको भएपनि तुलसीपुरमा भने हप्तामा तीन दिन मात्रै किनमेल गर्न पाइने नियम लागु गरिएको छ।

नयाँ नियम अनुसार आइतवार, मंगलवार र शुक्रवार मात्रै विहान ७ बजेदेखि ९ बजे दुई घन्टा पसल खोल्न तथा किनमेल गर्न पाइने भएको छ । हप्ताका अरु चार दिन सोमवार, बुधवार, विहीवार र शनिवार पूर्ण रुपमा लकडउन गरिने भएको छ ।

स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलका बीचमा चारदिन पुरै लडडाउन कार्यान्वय गर्ने निर्णय भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले किनमेल गर्ने बाहानामा मानिसहरु हुलका हुल असुरक्षित तरिकाले बजारमा आउन थालेको हुँदा जोखिम टार्न यस्तो निर्णय गर्नु परेको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गरेको छ ।

नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो समय कैलालीमा एकै साथ तीन जनामा कोरोनाको पुष्टि भएको छ। उनीहरु मध्य एकजना भारतवाट आएका युवा हुन । ती युवावाट उनकी भाउजुमा पनि कोरोना भाइरस सल्किएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *