२०८१ बैशाख ७ गते शुक्रवार

रेडक्रस उरहरीको सभापतिमा लेखराज बस्नेत चयन

 


दाङ,पुस १३ । नेपाल रेडक्रस सोसाइटीको उरहरी उप शाखाको सभापतिमा पूर्व शिक्षक लेखराज बस्नेत चयन भएका छन् । आइतवार भएको १३औं अधिवेशनले बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमितिको सर्वसहमतिमा चयन गरेको हो ।

जसको उपसभापतिमा सुष्मा भण्डारी, सचिव द्रोर्णबहादुर बस्नेत, कोषाध्यक्ष राधेश्याम उपाध्याय, सहसचिव अर्जुन आचार्य, उपकोषाध्यक्ष विनोद पाण्डेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा प्रेमबहादुर केसी, वशन्त केसी, निमबहादुर केसी, अर्पना पौडेल, नारायणी देवकोटालाई चयन गरेको छ ।

नयाँ पदाधिकारीको अवधि दुई वर्षको हुने निर्वाचन अधिकृत भिमलाल मरासिनीले जानकारी दिए ।
पूर्व सभापति हरिहर पौडेलको अध्यक्ष र जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको प्रमुख आथित्यतामा १३औं अधिवेशन भएको हो ।

 

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *