पश्चिम दाङको हापुरेवाट ५ जना जुवाडे पक्राउ परेका छन् । बवई गाउँपालिका वडा नं. ४ हापुरेवाट कौडा खेलिरहेको अवस्थामा नगद ६० हजार सहित ५ जना प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुधवार राति हापुरेस्थित भूपबहादुर बुढाथोकीको घर भाडामा लिएर बस्दै आएका वालिराम खत्रीले उक्त जुवा अड्डा चलाएको भन्ने सूचनाको आधारमा छापा मात्रा ६० हजार बढी नगदसहित ५ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका वडा नं. ७ का कृष्ण खत्री, प्रविण खड्का, प्रेमबहादुर विक र छविलाल खत्री रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीको लागि ईप्रका तुलसीपुरमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ कार्तिक २२ गते बिहिवार