२०८३ असार २२ गते सोमवार

जिप दुर्घटना १ जना किशोरको मृत्यु, ३ घाइते


दाङ, असार २२ ।
गुल्मीमा सफारी जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका–२ बाघमारे घर भइ हाल रेसुङ्गा – ८ बसपार्क बस्दै आएका १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो । गुल्मीका प्रहरी प्रबक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उनको उपचारका क्रममा पाल्पामा मृत्यु भएको हो ।
दुर्घटनामा परि प्युठानको नौबहिनी गाउँपालिका–१ घर भइ हाल गुल्मी बसपार्क बस्दै आएका १७ वर्षीय अर्जुन बुढाथोकी, बागलुङ भिमगिठ्ठे घर भइ हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्दै आएका १८ वर्षीय गणेश परियार र रेसुङ्गा–९ चारीखोलाका १८ वर्षीय आयुष गैरे घाइते छन् । उनीहरु सबैको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार जारी छ ।
चार घाइते मध्य मृतक नेपालीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट पटक थियो । गम्भीर घाइते उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मेडिकल कलेज प्रभासमा रिफर गरिएको थियो । उपचारका क्रममा उनको त्यही मृत्यु भएको हो ।
सोमबार बिहान २ बजेतिर जिल्लाको रेसुङ्गा –८ गजुरामा तम्घास–रेसुङ्गा सडकखण्डमा पोखरीबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप बिरुवाको जालीमा ठोक्किन गइ दुर्घना हुँदा ४ जना घाइते भएका थिए ।
भिउ टावर लबलोकनका लागि सफारी जिपमा कुल ६ जना सवार रहेपनि दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *