२०८१ मङ्सिर २७ गते बिहिवार

के दाङमा काँग्रेस भित्र एकजना पनि नगरको नेतृत्व हाँक्न सक्ने महिला छैनन् ?


तुलसीपुर, असोज ५ । नेपाली काँग्रेसको १४औं अधिबेशन अन्तरगत भदौ २१ र २२ गते भएको वडा अधिबेशनका क्रममा दाङका एक सय वडाहरु एक जना महिला मात्रै वडा सभापतिमा निर्वाचित भइन ।

एक सयमा जिल्लाकै एक्लो महिला सभापति हुन शान्ति नगर गाउँपालिका वडा नं. ३ की ३२ बर्षीया पार्वती पुन । २१ गते भएको निर्वाचनबाट थम्मनप्रशाद कँडेललाई पराजित गरि पुन सभापति बन्न सफल भएकी हुन ।
अब यही असोज ९ गते नगर अधिबेशनको मिति तोकिएको छ । जिल्लाका दश पालिकाहरु मध्य अरुमा पनि काँग्रेसको नेतृत्व चुन्न अधिबेशन हुन थालेको छ ।

तर, बिडम्बना जिल्लाका दूई तुलसीपुर र घोराही उपमहानगरपालिका होस वा लमही नगरपालिका कतैपनि सभापति पदमा महिलाले हिम्मत गरेको देखिएन । तीन वटै नगरमा पुरुषहरुका बीचमा मात्रै प्रतिपर्धा हुन लागेको छ ।

तुलसीपुर भन्दा अझैं घोराहीमा भरखरैका भर्भराउँदा उमेरका ३० बर्ष मुनिका युवाहरु नेतृत्वको दौडमा उभिएका छन् । तुलसीपुरमा एक जना ४० बढी र अर्का नजिक पुगेका उम्मेदवारलाई मुख्य प्रतिपर्धी मानिएको छ ।

लमहीमा २८ बर्षीय युवक बाजे उमेरका ६९ बर्षीय ब्यक्तिसंग मैदानमा भिडदै छन् । तर, आधा धर्ति ओगटेका भनिने एक जना महिलापनि नगरमा नेतृत्व निलका लागि कम्मर कसेर हिम्मत गरेको देखिएन । जस्ले गर्दा गम्भीर सवालहरु पैदा भएका छन् ।

के नेपाली काँग्रेस भित्र दाङमा नगरको नेतृत्व लिन सक्ने क्षमता वान एकजना पनि महिला छैनन् ? कि, उनीहरुले हिम्मत नगरेका हुन ? पार्टीमा मात्रै हैन हरेक क्षेत्रमा ३३ प्रतिसत महिला सहभागिताको वकालत गर्ने काँग्रेस भित्र कि महिलालाई नेतृत्वमा पुग्न अबसरनै नदिइएको हो ?

डाक्टर, नर्स, पाइलट, शिक्षक, गृहेणीदेखि आमासम्म हरेक भूमिका निर्वाह गर्ने महिलाहरु माथि अहिलेपनि काँग्रेस भित्र थिचोमिचो कायमै छ ? कि, उनीहरु अझैंपनि नेताहरु संग हामी नेतृत्व हाँक्न काबिल छौं, भनेर भन्न डराएका हुन ?
यी गम्भीर सवारहरुको जबाफ कस्ले दिन्छ ? महिला नेतृ भनाउँदाहरु स्वएं आँफैले कि ? यहाँका काँग्रेसका पुरुष नेताहरुले ?

जिल्लाका महत्वपूर्ण मानिएका तीनवटा नगर मध्य कुनैमा पनि महिला नेतृत्वको लागि अग्रसर नहुनुले समानता र समान सहभागिताको धज्जि उडाएको छ । यस्तै अवस्था कायम रहने हो भने काँग्रेस भित्र लोकतन्त्र र समाबेशीताको नारा आँफैका लागि उपहास हुने छ ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *