२०८३ बैशाख ३१ गते बिहिवार

घोराहीका वडाध्यक्ष घिमिरे राश्वपाको जिल्ला संगठन बिभाग सदस्यमा मनोनित


तुलसीपुर, बैशाख ३१ ।
दाङको घोराही उपमहानगरपालिका – ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)ले जिल्ला संगठन बिभागको सदस्य पदमा नियुक्त गरेको छ ।
वडाध्यक्ष घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
बैशाख २८ गते राश्वपाका जिल्ला सभापति बिजय घिमिरेले वडाध्यक्ष घिमिरेलाई जिल्ला संगठन बिभागको सदस्य पदमा नियुक्त गरेका थिए ।

एमाले दाङको गत चैत २३ गते घोराहीमा बसेको जिल्ला कमिटीको बैठकले वडाध्यक्ष घिमिरेले पार्टीका महासचिव तथा दाङ क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलका विरूद्ध गतिविधि सञ्चालन गरेको निष्कर्षसहित साधारण सदस्यसमेत नरहने गरी पार्टी बाट निष्कासित गर्ने निर्णय गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसंग पारजित भएका थिए।
वडाध्यक्ष घिमिरे फागुन २१ को उक्त निर्वाचनमा रास्वपाको पक्षमा खुलेरै प्रचार प्रशार गरेका थिए । घिमिरेले त्यतिबेलै आफ्नो सामाजिक संजालमार्फत एमाले त्यागेको घोषणा पनि गरेका थिए ।
तर, एमालेले निर्वाचनको माहोल बिग्रन डरले वडाध्यक्षलाई त्यो समय केही नगरी बसेको थियो । निर्वाचनको महिना दिन पछि मात्रै एमालेले वडाध्यक्ष घिमिरेलाई कारबाही गर्ने गरि केन्द्रमा पत्राचार गरेको थियो ।
एमाले बाट कारबाही भएको आधिकारिक पत्र प्राप्त नहुँदै वडाध्यक्ष घिमिरेलाई राश्वपाले पार्टीको जिम्मेवारी सम्पेको हो ।
वडाध्यक्ष घिमिरे अघि एमालेले पार्टी अनुसाशन विपरित कार्य गरेको भन्दै घोराही– ८ मा एकाले बाट निर्वाचित वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *