२०८३ बैशाख २६ गते शनिवार

मोटरसाइकसहित खोलामा एक युवक मृत अवस्थामा फेला


दाङ, बैशाख २६ ।
एक युवक खोलामा मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन् ।
प्यूठानको गौमुखी गाउँपालिका – १ अर्खाका २५ बर्षीय हेमराज राना मगर गौमुखी – ४ स्थित नेपाने खोलामा मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका हुन ।

शनिबार बिहान सवा ७ बजेतिर ठुलाबेसी अर्खा सडक खण्ड अन्र्तगत ठुलाबेसीबाट अर्खातर्फ जाँदै गरेको मगर र उनी सवार लु ५६ प १५७६ नम्बरको मोटरसाइकल सडकदेखि झन्डै ३५ मिटर मुनी पानीमा डुबेको अवस्थामा फेला परेका हुन ।
मोटरसाइकलसहित मगर सडकदेखि झन्डै ३५ मिटर मुनीको नेपाने खोलामा खसेको र त्यही उनको डुबेर मृत्यु भएको अवस्थामा शब फेला परेको प्यूठानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिए । यो दुर्घटना रातिमा भएको अनुमान भइ रहेको छ ।
दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *