
तुलसीपुर, वैशाख २७ ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा धुर्व केसी विजयी भएका छन् । उनी नेपाली काँग्रेस निकट हुन ।
प्राप्त निर्वाचन परिनाम अनुसार अध्यक्षमा निर्वाचित केसीले दूर्ई हजार पाँच सय ९६ मत प्राप्त गरि बिजयी भउका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी किशोरकुमार आचार्यले जम्मा ६ सय ८० मत प्राप्त गरे । त्यस्तै अर्का प्रतिष्पर्धी सुमन शर्माले जम्मा एक सय ५५ मत मात्रै प्राप्त गरे ।
कस्ले कति मत प्राप्त गरि बिजयी भए ?
१ –अध्यक्ष
र्धुब केसी – २,५९३ बिजयी
किशोरकुमार आचार्य — ६८०
सुमन शर्मा — १५५
२ – वरिष्ठ उपाध्यक्ष
भरतमणि पान्डे – १,९१६ बिजयी
यशोदा पान्डे – १,२२८
३– महिला उपाध्यक्ष
खुमाकुमारी खड्का — १,३६१ बिजयी
निरजा पोख्रेल —१,२२७
कमला लम्साल – ५४५
४– सचिव
धर्मेन्द्र श्रेष्ठ — २,३३९ बिजयी
दिनेश वली – ८४२
५–कोषाध्यक्ष
टिकाराम वली – १,४३३ बिजयी
दिनेश आचार्य – १,११७
पहलमान थापा – ५७०
घोराही खानेपानीको नेतृत्व चुन्न शनिवार निर्वाचन भएको थियो ।

