
दाङ, बैशाख ३१ ।
ब्राउन सुगरसहित बर्दिया प्रहरीले दुई भारितय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।
भारत उत्तर प्रदेश खिरी तिकुनियाका २६ बर्षीय बिजय सिंह र सोही ठाउँकै ३५ बर्षीय तेजेन्द्र कुमार २ सय ८० ग्राम ब्राउन सुगरसहित बैशाख २९ गते दिउँसो पक्राउ परेका हुन ।
बर्दियाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनीहरुलाई प्रहरीले बैशाख २९ गते बेलुकी जिल्लाको गुलरिया नगरपालिका – ७ महाकबि टोलस्थित बाबा पेट्रोल पम्प नजिकैको बाइपास रोडबाट नियन्त्रणमा लिएको थियो । खान तलासीका क्रममा उनीहरुले लुकाइ छिपाइ राखेको ठूलो परिमानमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बैशाख २९ गते राति साढे ८ बजेतिर प्रहरी चौकी जमुनी बाट खटिएको प्रहरी टोलीले जिल्लाको बढैयाताल गाउँपालिका – २ फुटाहा चेक पोष्ट सीमा नाका नजिकै बाट भारतबाट नेपालतर्फ आउँदै गरेका थप दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका –२२ बुङमतिका ३० बर्षीय सरोजराज तुलाधर र बाँकेको खजुरा गाउँपालिका – ४ एफ गाउँका ३७ बर्षीय दीपक नाथ योगी पक्राउ परेका थिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार उनीहरुको साथबाट ३ ग्राम १८० मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।