२०८२ बैशाख ११ गते बुधवार

रास्वपाका नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

काठमाडौँ,मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई आज दिउँसो साढे तीन बजे एक कार्यक्रमकाबीच शपथ गराउने कार्यक्रम रहेको छ।

यस्तै रास्वपाको सचिवालय बैठक आज बस्दै छ।

साँझ पाँच बजेका लागि बोलाइएको सचिवालय बैठकमा सबै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण र अन्तरक्रिया कार्यक्रममा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *