२०८३ मङ्सिर १० गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरण ः आज आदेश आउन सक्ने सम्भावना

काठमाडौं ,मंसिर १३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने सम्भावना रहेको छ ।

पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि बहस गत सातादेखि जारी रहेको छ ।

मङ्गलवार नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएको छ ।

हिजैबाट सरकारी वकिलले बहस जारी राखेका छन् । सरकारी वकिलको बहस सकिएपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।

काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *