२०८२ माघ १० गते शनिवार

झन्डै एक महिनापछि प्रतिनिधिसभाको बैठक सञ्चालनमा

काठमाण्डौ ,भदौ ६ । झन्डै एक महिनापछि प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको थियो । सदनमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधवार सहमति भएपछि सदन सञ्चालनमा आएको हो ।

आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ ।

तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *