२०८२ असार ६ गते शनिवार

काँग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छः विमलेन्द्र निधी

काठमाडौँ,साउन ७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

आइतबारको केन्द्रिय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए। पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने उनको भनाइ थियो। उनले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने जिकिर गरे।

उनले भने ‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ। पाँच वर्षपछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली काँग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौँ। पार्टीको संगठन सुदृढीकरण गरौँ। बिस्तारित गरौँ। त्यस काममा हामी लागौँ। प्रदेशहरुको अधिकारलाई सुनिश्चित गरौँ। संविधान संशोधन गर्नुपर्छ भने गरौँ। कानूनमा संशोधन गर्नुपर्छ भने गरौँ। यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ। अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ।’

उनले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने काँग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *