२०८३ बैशाख १५ गते मङ्गलवार

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ भएन

काठमाडौं ,असार ५। जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्विकार गरेको छ ।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाई गर्न अस्विकार गरेको हो । न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेश गर्न आदेश दिएका छन् ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवेदन पेश गरेको थियो । त्यो निवेदन मुद्दाको पुरक निवेदनको रुपमा पेशीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिल सहितको फाइल न्यायाधीशकोमा पुगेको थियो ।

मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानून व्यवसायीहरु त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए । अधिवक्ताहरु स्वागत नेपाल, राधिका चौलागाई लगायतले सरकारको निर्णय प्रक्रियासम्मत नभएको भन्दै मुद्दा फिर्ताको निवेदनमा अनुमती दिन नहुने माग गरे ।

उनीहरुको मागपछि इजलासले निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेशी तोक्न आदेश गरेको हो ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *