काठमाडौँ ,असार ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भारत सीता बिना अधुरो छ रहेको बताएका छन्।
मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन क्रममा उनले आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा रहेको बताएका हुन्।
साथै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताएका छन्।
योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको समेत उनले बताए। पछिल्लो
समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए।
उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताएका छन्। महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको उनले बताए।
उनले भने,‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ। तर योग धर्मसँग पनि जोडेर हेरिन्छ। योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो। आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा थियो। कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपालको उन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो। पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ। यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौँ। हामी राम बेगर अपूर्ण छौँ। भारत सीता बेगर अपूर्ण छ। नेपाल आउने महेन्द्र नगरको हवाई रुट र भैरहवामा जडान अहिले सञ्चालितको कुरा सकारात्मक ढंगले अघि बढीरहेको छ।’