२०८३ बैशाख १५ गते मङ्गलवार

सुरक्षा सल्लाहकारमा नियुक्त वैरागीले लिए शपथ

काठमाडौं,जेठ ३२ । राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका पूर्व मुख्यसचिव शंकरदास वैरागीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई मन्त्रिस्तरीय सुविधा दिने गरी सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।

वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन् ।

वैरागीको कार्यकाल आगामी असोजमा सकिँदै थियो । उनलाई राजीनामा गराएर सरकारले सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *