२०८२ चैत्र १ गते आइतवार

नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं ,जेठ ३० । नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो।

मंगलबार दिउँसो खाजापछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुबै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयपछि अन्य दुइटा मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो।

रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले पनि यस रिटमाथि बहस गर्न दिनभरि चाहिने माग राखेका थिए। त्यसपछि न्यायाधीशले यसलाई हेर्न नभ्याइनेमा राखेको न्यौपानेले बताए।

मंगलबार यस रिटमाथि बहस हुने भएपछि माइतीघरमा आन्दोलनरत नागरिकता पीडितहरू पनि इजलासमा पुगेका थिए।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।

साथै ‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *