२०८३ बैशाख १५ गते मङ्गलवार

शेरबहादुर देउवा सिंगापुर जाँदै

काठमाडौं ,जेठ ३० । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

राति ११ बजे उनी सिंगापुरका प्रस्थान गर्ने तय भएको छ ।

देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन् ।

पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनीहरू करिब १ हप्तापछि नेपाल फर्किने बताइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *