काठमाडौं,जेठ २८ । माओवादीका पूर्व बाल सेना लेनिन विष्टले दायर गरेको रिट आइबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
सर्वोच्च अदालत प्रशासनले विष्टले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितविरुद्ध हालेको उक्त रिट ०७९-WO-१३८८ नम्बरमा दर्ता भएको हो।
रिट दर्ता गराउन न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार नै आदेश दिएको थियो। उक्त रिटको पेशी यही जेठ ३० गतेका लागि तोकिएको छ।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार