२०८३ भाद्र ३० गते मङ्गलवार

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथि आज पनि थुनछेक बहस हुने

काठमाडौं,जेठ २२ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरुले थुन छेक बहस गरेका थिए ।

सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिईने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *