२०८३ असोज २८ गते बुधवार

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न हुदैँन ः गगन थापा

काठमाण्डौ ,जेठ ३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने बताएका छन ।

बुधवार काठमाण्डौमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे ।

उनले अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे ।

उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेलसम्म स्वतः निलम्बनमा पर्ने बताए । उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे ।

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न नहुने महामन्त्री थापाले बताए। उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे ।

महामन्त्री थापाले लोक रिझाउनका लागि राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए। उनले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *