२०८३ असोज २८ गते बुधवार

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ,बैशाख ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा भोलि (सोमबार) बस्ने गरी केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुनेछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ ।

राप्रपाको केन्द्रीय समिति बैठक झण्डै १० महिनापछि बस्न लागेको हो । वैशाख ३० र ३१ गते बस्ने गरी बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै जेठ १ का लागि सारिएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *