२०८२ चैत्र २ गते सोमवार

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौँ,बैशाख २८ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ। बैठक आज बिहान १० बजे पार्टी मुख्यालय ललितपुर, च्यासलमा बस्नेछ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

यसैगरी, मिसन ग्रासरुटको समीक्षाअन्तर्गत कमिटीहरूले प्रतिवेदन पेस गर्नेछन्।

आज मूलतः सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेस हुने उपप्रमुख रिजालले बताए।

केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा गत मंगलबार पार्टी केन्द्रीय कार्यालयमै बसेको सचिवालय बैठकले तय गरेको थियो।

एमालेको केन्द्रीय कमिटी बैठक ९ महिनापछि बस्न थालेको हो। अन्तिम पटक गत भदौमा कमिटी बैठक बसेको थियो।

केन्द्रीय कमिटीको बैठक तीन दिनसम्म चल्नेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ।

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *