२०८३ बैशाख १५ गते मङ्गलवार

नेपालको अर्थतन्त्रलाई जबर्जस्ती संकटग्रस्त देखाउन खोजियो ः मेटमणि चौधरी

काठमाडौं,बैशाख २५ । एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले नेपालको अर्थतन्त्रलाई जबर्जस्ती संकटग्रस्त देखाउन खोजिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थतन्त्रको नेतृत्व गरिरहेकाहरूले नै यसमा भूमिका खेलेका आरोप लगाए।

‘आज मैले बोल्न आउनुभन्दा १० मिनेट अगाडि एउटा बैंकरसँग सोधेको थिएँ विकास बैंकमा कति पैसा छ ? उहाँले ५३ खर्ब भन्दै हुनुहुन्थ्यो। आज हामीले प्रस्तुत गर्ने बजेट भनेको मुस्किलले १५–१६ खर्ब, त्यो पनि असारसम्म आइपुग्दा ११ खर्बमा झर्छ,’ चौधरीले भने।’

अर्थतन्त्र घटिरहँदा केही प्रश्न उठे पनि सजिलै नेपाली अर्थतन्त्रलाई समृद्ध गर्न सकिने उनको दाबी छ।

सरकारले खर्च कटौती गरेर वित्तीय संकट आयो भन्नु हास्यास्पद रहेको उनले टिप्पणी गरे।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *