२०८३ बैशाख १६ गते बुधवार

गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

कास्की,बैशाख २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विश्वासको मत मागेका छन् ।

प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका हुन् ।

अब संसदमा रहेका दलले उक्त प्रस्तावमाथि आ(आफ्नो धारणा राख्ने छन् । त्यसपछि मत विभाजन हुनेछ । पाण्डेले विश्वासको मत पाउने पक्का छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरेर ३५ जना पाण्डेको पक्षमा छन् ।

पाण्डे गत वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *