काठमाडौँ,बैशाख १० । मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
गत ७ गते मध्यरातिदेखि नै मौनअवधि लागु भइसकेको अवस्थमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगका अनुसार भट्टराईले मौनअवधिमा आफ्नो मोबाइल प्रयोग गरेर भ्वाइस म्यासेजमार्फत मत मागेका हुन्।
‘वैशाख ७ गते राति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि लागु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइनरु भनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतवार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भइ स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छु, आयोगका अनुगमन अधिकृतले भनेका छन्।’
