२०८३ असोज ७ गते बुधवार

नेपाललाई खाद्यान्न,रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने रुसको वचन

काठमाडौं,बैशाख ८ । रुस भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिन र रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोबीचको भेटमा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

रसियन सञ्चारमाध्यमले उपप्रधानमन्त्री कार्यालयलाई उद्धत गर्दै लेखेको समाचार अनुसार नेपालमा र चेस प्रतियोगिता आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।

भेटवार्तामा नेपाल र रुसबीचको सीधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको उच्च शिक्षाका लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे, जलविद्युत आयोजनाका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

उप्रप्रधानमन्त्री चेर्निसेन्कोको भनाई उद्धृत गर्दै रसियन सञ्चारमाध्यममा भनिएको छ, ‘तपाईंको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने विश्वास छ ।

नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, जनताबीच मित्रताको बलियो सम्बन्ध छ ।

सधैं समानता र पारस्परिक सम्मानको आधारमा निर्माण गरिएको हो ।’ रुस भ्रमणमा रहेको अध्यक्ष तिमल्सिनाले माथिल्लो सभा र तल्लो सभामा अध्यक्षसँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *