२०८३ भाद्र ३० गते मङ्गलवार

चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदै

काठमाण्डौ ,बैशाख ७ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सत्तापक्षीय चार दलको संयुक्त आमसभा बिहीबार चितवनमा हुने भएको छ।

गठबन्धनको आमसभा आज दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरमा हुनेछ।

आमसभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सम्बोधन गर्नेछन्।

यसैगरी, सभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुने बताइएको छ।

गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका थिए।

सभापति लामिछाने नागरिकतासम्बन्धी मुद्दामा अवैध ठहर भएसँगै उनको सांसद पद खारेज भएको थियो। सोही कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।चितवन २ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *