२०८३ असोज २८ गते बुधवार

देश निर्माणमा भानुभक्तको योगदान पृथ्वीनारायणकोभन्दा कम छैन ः देउवा

काठमाडौँ ,बैशाख ६। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

तनहुँ क्षेत्र नम्बर १ स्थित डुम्रे बजारमा सत्ता गठबन्धनले बुधबार आयोजना गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैनु, उनले भानुको गृहजिल्ला पुगेर भने, ‘तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ।’

उनले ब्यास अब राष्ट्रपतिको भूमि पनि बनेको बताए। ‘व्यास अब राष्ट्रपतिको भूमि पनि बन्योु, उनले भने, ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ। उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि ।’

देउवाले भट्टराईलाई जिताउन आग्रहसहित तनहुँमा टेक्निकल विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको पनि बताएका छन्।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *