काठमाण्डौ ,माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन ।
दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिनेछिन ।
उनले हिजो संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताइन ।
राष्ट्रपति भण्डारीको कार्यकाल आउँदो फागुन २८ गते सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव तोकिएको छ ।
तर, राष्ट्रपतिको उम्मेदवारबारे सत्ता गठबन्धनमा विवाद छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार चयन गर्ने बताउँदै आएका छन भने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्ने दाबी गर्दै आएका छन ।