२०७७ मङ्सिर १२ गते शुक्रवार

दंगीशरणमा जिपी फाउण्डेशन

फाइल तस्बिर

सुवाश डिसी,
दाङ, चैत ५ । गिरिजाप्रसाद कोईराला फाउण्डेशन दंगीशरण गाउँपालिकाको तदर्थ समिति विस्तार गरिएको छ । फाउण्डेशनका दंगीशरण गाउँपालिका संयोजक शम्भु गिरीको अध्यक्षता, फाउण्डेशनका प्रदेश नम्वर ५ का सदस्य केशव आचार्यको प्रमुख आतिथ्यता एवं फाउण्डेशनका दाङ जिल्ला संयोजक खगराज पाण्डे र फाउण्डेशनका जिल्ला सल्लाहकार तथा काँग्रेस नेता शंकर गिरीको विशिष्ट आतिथ्यमा भएको भेलाले फाउण्डेशनको दंगीशरण गाउँपालिकाको तदर्थ समिति बिस्तार गरेको हो ।

जस अनुसार फाउण्डेशनको सहसंयोजकमा गीता पौडेल, सचिवमा विश्वमणि देवकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सदस्यमा अलबहादुर केसी, द्रोण विक, दिपेन्द्र चौधरी, महेन्द्र चौधरी, काजल चौधरी, माया रानामगर, जानकी चौधरी, शोमराज विक र सुनिल चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै आमन्त्रित सदस्यमा तारा बहादुर विष्ट र रविन्द्र चौधरीलाई चयन गरिएको छ ।

साथै उक्त समितिको सल्लाहकारमा शोभाकर न्यौपाने, हर्क बहादुर वुढाथोकी, प्रकाशमान वली, यज्ञ बहादुर विष्ट, पिमा खड्का, भिमकान्त भट्टराई, घनश्याम शेर्पाइली र कल्चु चौधरीलाई चयन गरिएको फाउण्डेशनका दंगीशरण गाउँपालिका संयोजक शम्भु गिरीले जानकारी दिए ।

भेलालाई फाउण्डेशनका प्रदेश सदस्य केशव आचार्य, जिल्ला संयोजक खगराज पाण्डे, जिल्ला सल्लाहकार शंकर गिरी, फाउण्डेशनका जिल्ला सचिव कृष्ण गौतम, जिल्ला कोषाध्यक्ष देवेन्द्र रिजाल, जिल्ला सदस्य चेतबहादुर शेर्पाइलीलगायतले जिपी फाउण्डेशनको माध्यमबाट नेपाली काँग्रेसलाई बलियो बनाउने अभियानमा अगाडि बढ्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *