काठमाडौँ,पुस २२ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज छलफल हुने भएको छ। लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै शपथ रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
सर्वोच्चले पुस ६ गते रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै लामिछानेको नागरिकता विवादसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई शपथको बाटो खुलेको थियो। रवि हाल उपप्रधानमन्त्री एवं गृहमन्त्री बनिसकेका छन्।
सर्वोच्चले नागरिकता विवादमा अन्तरिम आदेश दिनेरनदिनेबारे निर्णय गर्न दुवै पक्षलाई पुस २२ गतेलाई बोलाएको थियो। दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिनेबारे निर्णय गर्नेछ।
अमेरिकी नागरिकता प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतस् बदर भएको तर लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश ईश्वर खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।
युवराज असफलले सांसद बन्न अयोग्य भएको भन्दै लामिछानेको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । प्रतिनिधिसभाको मंसिर ४ मा सम्नपन्न निर्वाचनमा रविले चितवन(२ बाट निर्वाचित भएका थिए।