२०८१ बैशाख १३ गते बिहिवार

विप्लवले तुलसीपुरमा गरेको चक्का जाम खुल्यो

तुलसीपुर, पुस ५। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कानिल प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै तुलसीपुरमा गरेको चक्काजाम खुलेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार कम्युनिष्ट पार्टीले बिहान १० देखि ११ बजेसम्म तुलसीपुर सहित देशैभर एक घण्टा चक्का जाम गरेको थियो । बन्द कर्ताले तुलसीपुरको वीरेन्द्र चोकमा डोरी लगाएर सवारी आवागमन रोकेका थिए ।

२०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसंग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको थियो ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *