२०८२ जेष्ठ ४ गते शुक्रवार

सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाण्डौ ,मंसिर १३ । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए ।

उनले भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए ।

उनले भने, ‘अपेक्षाकृत परिणाम आएन । चुनाव परिणाममा चित्त बुझाउनुपर्छ । अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *