घाेराही, कात्तिक २७ । साविक साैडियार गाविसका पूर्व उपाध्यक्ष माणिकलाल चाैधरी सहित ३१ जना एमाले कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
गठबन्धन दलले घाेराही ६ रावतगाउँमा आयाेजना गरेकाे रात्रिकालिन सभामा उनीहरू प्रवेश गरेका हुन् ।
चाैधरी २०५४ सालमा एमालेबाट तत्कालीन साैडियार गाविसकाे उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उनलाई नेकपा माओवादी केन्द्रका स्थानी समिति सदस्य एवम् दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले माला र टीका लगाएर स्वागत गरेकी थिइन ।
प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
